११ बैशाख २०८१, मंगलबार
Header

क्षमा पुजा गरी सेतो मच्छिन्द्रनाथ जात्रा सकियो


प्रकाशित: विहिवार, ५ बैशाख २०७६, १२ः०५ बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं विशेष सांस्कृतिक तथा धार्मिक जात्रा सेतो मच्छिन्द्रनाथको जात्रा विहिवार बाट सकिएको छ । 


बुधवार राती लगनचोकबाट जनबहाल मन्दिर प्रवेश गराई विहान क्षमा पुजा गरी जात्रा सकिएको रथ व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए । 


यसअघि वैशाख ४ गते बुधबार बिहान भक्तजनले नै लगनटोलमा रथ तानेका थिए । मङ्गलबार दिनभर पूजा एवं दर्शनका लागि रथ लगनमै राखिएको थियो । त्यसै दिन बेलुकी सेतो मत्स्येन्द्रनाथलाई माता (माँ सीमा) को परिक्रमा गराइएको थियो ।


चैत्र शुक्ल नवमीका दिन दरबामार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिएको जात्रा असन, हनुमानढोका, लगन हुँदै जनबहालमा आएर समापन भएको हो । 


रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास छ । यस्ता जात्राले नेपालको सभ्यता र संस्कृतिलाई भावी सन्ततिसम्म जीवित राख्ने राजधानीवासीको विश्वास छ । 


काठमाडौँमा सेतो मत्स्येन्द्रनाथको रथयात्रा समाप्त भएपछि मात्र ललितपुरमा रातो मत्स्येन्द्रनाथको रथयात्रा शुरु गर्ने प्राचीन परम्परा छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD