१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

क्षत्रपाटी चिकित्सालयबाट भित्री शहरवासी लाभान्दितः प्रमुख शाक्य


प्रकाशित: विहिवार, ६ फागुन २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालयबाट काठमाडौंका भित्री सहरका वासीहरु लाभान्दित भएको बताएका छन । 


शाक्यले चिकित्सालयको ६४ औँ वार्षिक उत्सवको अवसरमा सो कुरा बताउँदै भने,‘ काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन तर, यो भित्री सहरमा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका हुन्छन । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ । तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला । सहयोग गर्न महानगरपालिका तयार छ ।’


सो अवसरमा प्रमुख शाक्यले क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानको सेवा सुरु भएको उद्घाटन गरेका छन । करीब ४५ लाखको लागतमा निर्माणाधिन लिफ्ट निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको थियो ।

 
काठमाडौंमा ठूला र विशेषज्ञ सेवा दिने अस्पतालकाबीच भित्री सहरी क्षेत्रका स्थानीयलाई सेवा दिने लक्ष्य राखेर सञ्चालनमा रहेको चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको समेत शाक्यले बताए । यस अघि चिकित्सालयको नयाँ भवन निर्माणका लागि महानगरले चालु आर्थिक बर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । 


चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठले ३ सय विरामीलाई दैनिक ओपिडीमार्फत स्वास्थ्य सेवा दिदैँ आइरहेकोमा सो २५ शैयाको अस्पतालमा लिफ्ट जडानसँगै थप सहज भएको बताए । 


उनले भने,‘यो अस्पतालबाट नाक, कान घाँटी, दन्त सेवा, मुटु रोगलगायत जटिल खालका रोगमा बिशेषज्ञ सेवा दिइरहेका छौं, भित्री सहरका नागरिकलाई विशेष प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको यो अस्पतालले आगामी दिनमा थप सेवा विस्तारको योजना अघि सारेको छ ।’


वि.स.२०१३ सालमा स्थापनाको चिकित्सालयमा अहिले २५ शैया छन । चिकित्सालयले भूमिगत २ तलासहित १० तले भवन बनाउने योजना कार्यान्वयन चरणमा पु¥याएको पनि अध्यक्ष श्रेष्ठको भनाई छ । 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex