१४ बैशाख २०८१, शुक्रबार
Header

क्वारेण्टाइनमा राखिएका १७५ जना १४ औं दिनमै परिवार भेट्न नपाउने


प्रकाशित: विहिवार, १५ फागुन २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । सरकारले चीनको वुहानबाट काठमाडौं ल्याएका १७५ जनाले १४ दिनमै घर परिवारसँग भेटघाट गर्न नपाउने भएका छन । 


भक्तपुरको खरिपाटीस्थित क्वारेण्टाइनमा चिकित्सकको निगरानीमा राखिएका उनीहरुको १४ औ दिनको अन्तिम पटक स्वाब (¥याल, खकार) परीक्षण गरे पनि रिपोर्ट नआएसम्म उनीहरु घर जान नपाउने भएका हुन ।


स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालका अनुसार १४ औं दिनको रिपोर्ट आउन २÷३ दिन लाग्ने भएकोले केही दिन अझै क्वारेण्टाइनमा बस्नुपर्ने हुन्छ । 


१७५ जना कसैलाई पनि अहिलेसम्म ज्वरो, रुघाखोकी नलागेको दाहालको भनाई छ । वारेण्टाइनमा राखिएकाहरुको निगरानी गर्न सेना र प्रहरीका ८० जना स्वास्थ्यकर्मी खटाइएको छ ।


उनीहरुलाई फागुन ४ गते आईतबार विहान खरिपाटी ल्याएको थियो ।

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD