१९ आषाढ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

क्लिन फिड लाग्ने विदेशी च्यानल आजबाट बन्द


प्रकाशित: सोमबार, ९ असार २०७६, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । टेलिभिजन सेवा प्रदायकहरुले क्लिन फिड लाग्ने विदेशी च्यानल आज दिउँसोबाट बन्द गरेका छन ।


प्रस्तावित विज्ञापन ऐन २०७६ को व्यवस्थाप्रति आपत्ती जनाउँदै सेवा प्रदायकहरुले सांकेतिक रुपमा विदेशी च्यानल बन्द गरेको हो । 


उनीहरुले सरकारले प्रस्तुत गरेको विधेयकमा राखेको विदेशी च्यानलहरुमा क्लिन फिड हुनुपर्ने प्रावधान अव्यवाहारिक भएको भन्दै विरोध स्वरुप च्यानलहरु बन्द गरिएको हो । 


इन्टरनेट तथा डिजिटल टिभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले भोलि मंगलबार दिउँसो ३ बजेसम्म विज्ञापन प्रशारण हुने विदेशी च्यानलहरु बन्द गरेको हो ।


नेपालमा प्रसारित च्यानलहरुमध्ये ८५ प्रतिशत च्यानलहरु विदेशी रहेको नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुलीले बताएका छन । 


नेपालमा हेरिने चर्चित च्यानलहरु यानलहरु कलर्स, स्टार प्लस, जी टीभी लगायतका सम्पूर्ण मनोरञ्जनात्मक च्यानलहरुका साथै खेलकुद प्रेमीहरुले मन पराएका फुटबल, क्रिकेट लगायत अन्य खेलहरु प्रसारण गरिने स्टार स्पोट्र्स, सोनी टेन लगायतका च्यानलहरु पनि नेपाली जनताले हेर्न नपाउने महासंघले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex