२३ बैशाख २०८१, आइतबार
Header

क्रिकेट संघको सचिवमा पारस खड्का निर्वाचित


प्रकाशित: शनिवार, ६ असोज २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपाल क्रिकेट संघको सचिवमा पूर्वखेलाडी पारस खड्का निर्वाचित भएका छन ।

 
शनिबार सम्पन्न भएको निर्वाचनमा खड्का कार्यवहाक सचिव प्रशासन्त विक्रमलाई पराजित गर्दै सचिवमा निर्वाचित भएका हुन ।

 
सचिवको लागि भएको मतदानमा पारसले ४८ मत र प्रशान्तले ३७ मत पाएका थिए । यस अघि पारस क्यानको बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए । 


क्यानका अरु पदाधिकारीहरु अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध निर्वायिचत भइसकेका छन ।


सदस्यहरुमा पनि महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदीप मजगैया निर्विरोध चयन भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD