१७ बैशाख २०८१, सोमबार
Header

क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर, २५ गते सजाय सुनाईने


प्रकाशित: शुक्रवार, १३ पुस २०८०, १९ः५० बजे
- महानगरखबर

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएको छ । 


जिल्ला अदालत काठमाडौंले आज गरेको फैसला सुनवाईमा क्रिकेटर लामिछाने दोषी भएको ठहर गरेको हो । 


न्यायाधीश शिशिर ढकालले उनलाई दोषी ठहर गरेको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । सन्दीपलाई कति वर्ष जेल सजाय गर्ने भन्नेबारे निर्णय गर्न भने अदालतले पुस २५ गते सुनाउने जनाएको छ ।


इजलासले उनलाई गौशाला २६ पीडितको आर्थिक अवस्था कमजोर भएको फाइदा उठाएर करणी गरेको ठहर गरेको छ । 


गएको वर्ष भदौ ५ गते गौशालास्थित एक होटलमा लगेर नाबालिग बालिका बलात्कार गरेको भन्दै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।

 
आइतबारदेखि यो मुद्दामा निरन्तर बहस भइरहेको थियो ।  

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD