१५ बैशाख २०८१, शनिबार
Header

क्रिकेटर सन्दिप लामिछानेलाई ८ बर्ष कैद सजाय 


प्रकाशित: बुधवार, २५ पुस २०८०, १७ः१० बजे
- महानगरखवर

काठमाडौं । जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।


बुधवार न्यायाधीश शिशिरराज ढकालको इजलासले बलात्कारको आरोपमा लामिछानेलाई दोषी ठहर गर्दै उक्त सजाय सजाय सुनाएको हो ।


साथै उनलाई इजलासले पीडित उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ । 


जिल्ला अदालतका अनुसार सन्दीपलाई कैदबाहेक ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश भएको छ ।


१३ पुसमा जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । 


उनले गौशाला २६ घटनाका बेलामा बालिग भइसकेको ठहर गरेका थिए । सजाय निर्धारण भएपछि जिल्ला अदालतले अब फैसलाको पूर्णपाठ तयार गर्नेछ । 


मुद्दाका पक्षहरुले पूर्णपाठ बुझेपछि चित्त नबुझे उच्च अदालत पाटनमा पुनरावेदन दिन पाउँछन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD