काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई मंगलवार काठमाडौँ युथ कन्क्लेभ २०१९ मा एक लाख रूपैयाँ सहित सम्मानकासथा उनलाई युथ आइकन २०१९ पनि घोषणा गरिएको छ ।
क्रिकेट लगायत अन्य क्षेत्रबाट नेपाली युवाहरूलाई नेपालमै केही गर्न र सफल हुन सकिन्छ भनी प्रेरित गरी युवा क्षेत्रमा योगदानका बापत् उनलाई सम्मान प्रदान गरिएको आयोजकले बताएको छ ।
विभिन्न शैक्षिक पृष्ठभूमि, समुदाय र क्षेत्रका युवा विद्यार्थीहरूलाई एउटै सम्मेलनमा आह्वान गर्दै काठमाडौँका युनिभर्सल कलेज, न्यू समिट कलेज, अपोलो इन्टरनेशनल कलेज, काठमाडौँ मोडेल कलेज र हिमालय कलेज अफ इन्जिनियरिङ्गको संयुक्त आयोजनामा काठमाडौँ युथ कन्क्लेभ २०१९ सम्पन्न भएको हो ।
कार्यक्रम चैतन्य इन्टिच्युट अफ म्यानेजमेन्टको सहयोग र राष्ट्रिय युवा परिषद्को प्रवद्र्धनमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि माननीय योगेश भट्टराईले युवाहरूको प्रतिभा र कार्यक्षमतामा नेपालको भविष्यको आशा रहेको बताएका छन् ।
उनले भने, “देश बनाउने दायित्व अब नयाँ युवा पुस्ताको पनि हो भन्ने बुझाउनका लागि यो कार्यक्रम अत्यन्त जरुरी छ ।” लामो समयदेखि शान्ति, सद्भाव र सहिष्णुतालाई अँगाल्दै आएका नेपाललाई अब आधुनिक विश्वमा चिनाउन युवा पुस्ताले देशमै केही गर्नुपर्ने उनले सुझाव दिए ।
कार्यक्रममा युवा विद्यार्थीहरूलाई सफलताका लागि सही दिशानिर्देश गर्ने उद्देश्यले विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूले प्रेरणात्मक सम्बोधन गरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले खेलकुदमार्पmत् राष्ट्रियताको भावना र एकता ल्याउन सकिने बताए ।
कार्यक्रममा मिस नेपाल २०१८ शृङ्खला खतिवडाले पर्यटन प्रवद्र्धनमार्पmत् समृद्धिबारे, प्रधानमन्त्रीका सूचना प्रविधि सल्लाहकार असगर अलिले ई–कमर्स र सूचना प्रविधिबारे, युट्युबर सिसन बानियाँले आफ्नो रुचिलाई व्यवसायमा कसरी परिणत गर्ने भन्ने बारे, ज्योति ग्रुपका निर्देशक तथा स्याकार टे«डिङ कम्पनीका अध्यक्ष सौरभ ज्योतिले नेपालको व्यापारिक वातावरणबारे तथा सन्दीप क्षेत्रीले कसरी समूहमा चिनिने भन्नेबारे सम्बोधन गरेका थिए ।
युवाहरूलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीपहरूमा मद्दत गर्ने लक्ष्यका साथ आयोजित काठमाडौँ युथ कन्क्लेभ २०१९ मा काठमाडौँका विभिन्न कलेजहरूबाट करिब तीन हजार विद्यार्थीको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा विभिन्न कलेजका तर्पmबाट सांस्कृतिक प्रस्तुतिहरू, प्रदर्शनी, खाना स्टल, गेम जोन लगायत पनि राखिएको थियो ।
Categorized in राष्ट्रिय