काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाली फूटबल टीमका पूर्व खेलाडी अन्जन केसीसहित ६ जनालाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको छ ।
प्रहरीले क्रिकेटमा सट्टेबाजीको गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
नेपालमा बसेर अवैध रुपमा क्रिकेटको अनलाइन बेटिङ (सट्टेबाजी) गरेको आरोपमा समातिएको हुन ।
यस अघि अन्जनलाई फुटबलमा म्याच फिक्सिङको आरोपमा आरोपमा पक्राउ परी विशेष अदालतबाट धरौटीमा छुटेका थिए ।
Categorized in राष्ट्रिय