२३ बैशाख २०८१, आइतबार
Header

क्रिकेटमा नेपालको कीर्तिमान


प्रकाशित: बुधवार, १० असोज २०८०, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । मित्र राष्ट्र चिनको हान्जाउमा जारी १९औं एसियाडमा नेपालले क्रिकेटमा कीर्तिमान बनाएका छन । 


बुधबार क्रिकेटमा नेपालको पुरुष टिमले पहिलो टी–२० अन्तर्राष्ट्रियमा खेलेको मंगोलिया विरुद्ध ७ कीर्तिमान बनायो । 


कुशल मल्लको कीर्तिमानी शतक र दीपेन्द्र सिंह ऐरीको कीर्तिमानी अर्धशतकमा टी–२० अन्तर्राष्ट्रियमै नेपालले कीर्तिमानी ३१४ रनको स्कोर बनाएको हो । 


३१५ रनको कीर्तिमानी लक्ष्य पछ्याएको मंगोलियालाई ४१ रनमा अल आउट गर्दै नेपालले अर्को कीर्तिमानी २७३ रनको जित हात पारेको हो ।


दीपेन्द्रले दीपेन्द्रले ९ बलम अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका छन । यसअघि भारतका युवराज सिंहले १२ बलमा अर्धशतक प्रहार गरेका थिए ।


यस्तै रन रेट, ऐरीको स्ट्राइक रेट र सर्वाधिक छक्काको कीर्तिमान पनि बनेको छ । नेपालले अब आउने आइतबार माल्दिभ्ससँग खेल्नेछ ।


क्रिकेट बाहेक अन्य सबै खेलमा नेपाल पराजित भएका छन । समूह खेलतर्फ महिला थ्री बाई थ्री बास्केटबलमा नेपाल कजाखस्तानसँग १७–१० ले पराजित भयो । 


महिला ह्यान्डबलमा नेपाल जापानसँग हार भएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD