७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको निधन


प्रकाशित: आईतबार, १२ साउन २०७६, ९ः०० बजे
- महानगरखवर

काटमाठौं । मकवानपुर क्रिकेटका पूर्वकप्तान नीरज श्रेष्ठको आईतबार विहान निधन भएको छ । 


शहीद मेमोरियल अस्पताल काठमाडौँमा आठ महीनादेखि रक्त क्यान्सरको उपचार गराईरहेका श्रेष्ठको निधन भएको क्रिकेट सङ्घ मकवानपुरका सचिव दीपेन्द्र ढकालले जानकारी दिए । 


३६ वर्षीय श्रेष्ठले मकवानपुरमा क्रिकेटको प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान दिएका थिए । क्रिकेट सङ्घ मकवानपुरले एक शोक वक्तव्यमार्फत मकवानपुर क्रिकेट सङ्घका सदस्य एवं पूर्वकोषाध्यक्ष तथा मकवानपुरको पूर्वकप्तानसमेत रहनुभएका श्रेष्ठको निधनले क्रिकेट क्षेत्रले आशलाग्दो युवा गुमाउनुपरेको जनाएको छ ।


खेलकूद विकास समिति मकवानपुरका सचिव खुशराज दाहालले खेलाडी श्रेष्ठको निधन राष्ट्रको खेल क्षेत्रका लागि अपुरणीय क्षति भएको बताए ।  मृतक श्रेष्ठका आमा, बुबासहित श्रीमती र एक छोरा छन ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika