काठमाडौं । मोहन बैद्य नेतृत्व क्रान्तिकारी मओवादीको भातृसंगठन क्रान्तिकारी युवा लिगको अध्यक्षमा अमिर महर्जन चयन भएका छन ।
महर्जनको अध्यक्षमा ४५ सदस्यीय केन्द्रिय समिति निर्माण भएको अध्यक्ष महर्जनले महानगरखवरलाई जानकारी दिएका छन ।
समितिका उपाध्यक्षहरुमा केशव ढलकुटी (रामेछाप), उत्तम थापामगर ( नवलपरासी ), गंगा महत्तो ( महोत्तरी) चयन भएका छन भने महासचिवमा दिलबहादुर कठायत ( बर्दिया ), सचिवमा रविन्द्र लिम्बु (झापा) र कोषाध्यक्षमा ज्ञानु खतिवडा ( काठमाडौं ) रहेका छन ।
अध्यक्ष महर्जनले ३५ जिल्लामा युवा लिग सक्रिय रहेको बताउँदै यसले युवाका राजनीतिक मुद्धाहरुलाई उठाइरहेका छन । देशमा बढ्दो बेरोजगारी, भ्रष्टाचारी, अन्याय, अत्याचारको विरुद्ध युवा लिगले काम गर्ने उनले बताए ।
असार ६ र ७ गत मकवानपुरको हेटौडामा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट युवा लिगको नयाँ कार्यसमित निर्माण भएको महर्जनले जानकारी दिएका हुन ।
सो कार्यक्रमका प्रमुख अथितिमा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैध, देशभक्त जनगणतान्त्रिक मुक्ति मोर्चाका अध्यक्ष सिपी गजुरेल लगायतका नेताहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।

Categorized in राष्ट्रिय