१६ बैशाख २०८१, आइतबार
Header

क्योकुशिन वल्र्ड वे का २५ खेलाडी कराते प्रतियोगितमा भाग लिन भारत जाँदै


प्रकाशित: आइतवार, १५ पुस २०८०, २०ः५१ बजे
- महानगरखबर

काठमाडौं । भारतमा हुन गईरहेको दोस्रो अन्तराष्ट्रिय खुला फुलकन्टयाक्ट कराते प्रतियोगितमा भाग लिन जाने क्योकुशिन वल्र्ड वे का खेलाडीलाई विदाई गरिएको छ । 


आइतवार दरवार हाईस्कुलमा विदाई कार्यक्रम गरी सो प्रतियोगितमा सहभागी हुने खेलाडी, निर्णायक तथा अफिसियलहरुको विदाई गरको हो । 


पुस २१ र २२ (जनवरी ६ र ७ गते ) गते भारतमा हुन गईरहेको सो प्रतियोगितमा नेपालको प्रतिनित्व गर्दै क्योकुशिन वल्र्ड वे रानीपोखरीका ब्रान्च चिफ गणेश चौधरी, रेफ्रीहरु रत्नदास श्रेष्ठ, बाबुकृष्ण महर्जन, महेश दनुवार, रमेश भुर्तेल, सुजन कार्की रहेका छन । 


त्यसैगरी, एथलेटीमा सुुरज श्रेष्ठ, होमबहादुर राई, सुमन तामाङ, विवेक वर्देवा, पुर्ण गुरुङ लगायत छन । 

 


कार्यक्रमका प्रमुख अतिथी नेपाल फुलकन्टयांक महासंघका अध्यक्ष सालिक राम कुँवरले खेलाडीहरुलाई उच्च मनोवलको साथ प्रतियोगितमा सहभागी हुन आग्रह गर्दै अविर तथा खादा लगाई विदाई गरेका थिए । 


सो अवसरमा क्युुकोशिन वल्डे वे नेपालका सल्लाहार रामकृष्ण खड्गी, प्रथम उपाध्यक्ष प्रतिमा श्रेष्ठ लगायतका सहभागी रहेको थियो । 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD