काठमाडौं । अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था डाइरेक्ट रिलिफ को सहयोगमा ल्याइएका क्यान्सरसम्बन्धी औषधि र स्वास्थ्य सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
‘वान हार्ट वर्ल्डवाइड’ को समन्वयमा असार २७ गते नेपाल ल्याइएका ती सामग्रीहरू औपचारिक रूपमा बीपी कोइराला क्यान्सर अस्पताल (भरतपुर), भक्तपुर क्यान्सर अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल (बाँके) र वीर अस्पताल (काठमाडौं) मा वितरण गरिएका छन्।
निःशुल्क उपचारको सुविधा
स्तन क्यान्सर, अल्जाइमर र प्लाक सोरियासिस जस्ता रोगमा प्रयोग हुने यी औषधिहरू बिरामीलाई निःशुल्क रूपमा उपलब्ध गराइनेछ । मन्त्रालयले आगामी दिनमा पनि यस्ता सामग्री उपलब्ध गराउने योजना बनाएको जनाएको छ ।
Categorized in स्वास्थ्य