१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

क्यान्सर उपचारको लागि ब्राकी थेरापी उपकरण जडान


प्रकाशित: बिहिबार, ९ साउन २०७५, १०ः२८ बजे
- महानगरखबर

काठमाडौं । विपी कोईराला मेमोरियल क्यान्सक्यान्सर उपचारको लागि ब्राकी थेरापी उपकरण जडानर अस्पताल भरतपुर चितवनमा शरीरको भित्री अंग सेकाइ गर्ने नयाँ ब्राकी थेरापी उपकरण जडान गरिएको छ । 


आजबाट परीक्षण थालिने र केही दिनमा नै बिरामीलाई सेवा दिन शुरु गरिने अस्पतालका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यले जानकारी दिएका छन् । 


बढी संख्यामा महिलाको पाठेघरको क्यान्सर भएकालाई सेकाइ गर्न सो उपकरण प्रयोग हुने  अस्पताल प्रशासनले बताएका छन् । अस्पताल स्थापना हुँदा विसं २०५७ सालमा जडान गरिएको ब्राकी थेरापी उपकरण विगत ६ बर्ष अघि बिग्रिएपछि अहिले आएर जडान गरिएको छ । 


करिब रु दुई करोड ५० लाखको लागतमा खरीद गरिएको उक्त उपकरण नयाँ र उच्च प्रविधिको रहेको छ । अस्पतालमा वार्षिक एक लाख ५० हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गरको अस्पताल तथ्यांकले जनाएको छ । । जसमध्ये १० हजार हाराहारी क्यान्सरका बिरामी हुने गर्दछन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex