काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ कार्यकर्ताबाट तत्कालिन माओवादी युद्धमा नेपाली सेनाको व्यारेकबाट लुटिएको हतियार बरामद हुन थालेको छ ।
नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्कालिन माओवादी युद्धको नेतृत्वको समयमा सबै हतियार (क्यान्टोन्मेन्ट) मा राखिएकोले त्यस बाहिरको हतियारको आफूहरुको जिम्मा नभएको बताएका छन ।
प्रचण्डले सोमबार एक पत्रकार पत्रकार सम्मेलनमा प्रचण्डले भने सो हतियारको विषयमा आफुहरु जिम्मेवार नभएको र हतियार समायोजन त्यसै बेला भईसकेको भनाई राखेका थिए ।
उनले भने, ‘त्यसबेला केही हतियार चोरी भएको बारे, सरकारलाई जनकारी दिएको थियौं ।
पत्रकार सम्मेलनमा प्रचण्डले राजनीतिक रूपमा सहमतिमा आउने हदसम्म सहमतिको प्रयास सरकारले गरिरहेको छर भविष्यमा पनि गर्छ ।
उनले अतिवादलाई नियन्त्रण गर्न सरकारले गम्भीर रूपले सोच्ने र राजनीतिक र प्रशासनिक दुबै तरिकाबाट समाधान खोजिने बताए ।
Categorized in राष्ट्रिय