काठमाडौँ । एशोसिएशन नेपाल महासंघ (क्यान) ले लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यर्मा ४९ विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ ।
सूचना प्रविधिका विषयमा अध्यापन गर्दै आएको लर्ड बुद्ध एजुकेशन फाउण्डेशनको सहकार्यमा ‘नेशनल आइसिटी स्कलरसिप २०७५’ अन्तर्गत ४९ छात्रछात्रालाई छात्रवृत्ति प्रदान गर्न लागिएको छ ।
क्यान र फाउण्डेशनका बीच सोमबार क्यानको क्यानका तर्फबाट अध्यक्ष हेमन्त चौरसिया र फाउण्डेशनका तर्फबाट अध्यक्ष पंकज जलानबीच हस्ताक्षर भएको छ ।
सो छात्रवृत्तिको रकम १ करोड ८३ लाख ३६ हजार छ । यस छात्रवृत्तिबाट गरीब, विपन्न तथा मेधावी छात्रछात्राले मलेसियाको एशिया प्यासिफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेशनअन्तर्गतको बुद्ध एजुकेशन फाउण्डेशनमा स्नातक तह अध्ययन गर्न पाउनेछन् ।
यसको लागि कुनै मान्यताप्राप्त शिक्षण संस्थाबाट ५० प्रशित अंकसहित प्लस टु अध्ययन पूरा गरेका वा कक्षा १० मा गणित विषय लिई सिटिइभिटीबाट कम्प्युटर इञ्जिनीयरिङमा डिप्लोमा गरेकाले छात्रवृत्तिका लागि निवेदन दिन सकिने फाउण्डेशनका अध्यक्ष जलानले जानकारी दिएका छन् ।
छात्रवृत्ति प्रदान गर्नको लागि जिल्ला, प्रदेश र केन्द्रमा छात्रवृत्ति समिति छनोट गरिने क्यानले जनाएको छ । सो छनोट समितिले कक्षा १० र कक्षा १२ का प्राप्ताङ्क, स्थायी बसोबास, आर्थिक अवस्था र स्थानीय तहको सिफारिशको आधार लिने जनाइएको छ ।
Categorized in प्रबिधि