काठमाडौं । नेशननल क्यानडियन फिल्म डेको अवसरमा राजधानीमा क्यानडियन चलचित्र ‘माउडी’ को प्रदर्शनी हुने भएको छ ।
नेपाल कल्चरल फिल्म सेन्टरको आयोजनाम हुन लागेको सो कार्यक्रममा उत्कृष्ट वुमेन फिल्म क्याटागोरी अन्तर्गत माधव राज खरेल द्धारा निर्देशित उत्कृष्ट निर्देशनको अवार्ड विजेता नेपाली फिल्म दुर्गामाण्डौको प्रदर्शनी हुने भएको छ ।
त्यसैगरी गत वर्ष आयोजना गरेको पहिलो नेपाल कल्चरल अन्तराष्ट्रिय फिल्म महोत्सव २०१८ मा जुरी अवार्ड विजेता जिल क्लोन र ईसावेल डुप्पे चाभानत द्धारा निर्देशित फ्रान्सेली फिल्म वईभिङ द वल्ड, रोशन विक्रम ठकुरी द्धारा निर्देशित सर्ट फिल्मको क्याटागोरी विजेता नेपाली फिल्म सिल्भर वैङ्गलको प्रदर्शनी गर्ने आयोजकले बताएको छ ।
प्रदर्शनी कार्यक्रममा कलाकारिता, सांस्कृतिक, पर्यटन र पत्रकारिता विधामा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिने भएको छ ।
रिल क्यानडा, क्यानडियन मिसन, पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल), चलचित्र बिकाश बोर्ड, भिजिट नेपाल २०–२०, नेपाल चाईना कैलाश कल्चर प्रमोशन डेभलपमेन्ट एसोसियसन, गोकर्णेश्वर नगरपालिका लगायतका संघ संस्थाहरुले सहकार्यमा उक्त कार्यक्रम सम्पन्न हुदैछ ।
Categorized in मनोरन्जन