३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कौशलटारमा स्कुटरलाई अभोरटेक गर्ने बाईक चालकको मृत्यु


प्रकाशित: मंगलवार, ४ चैत्र २०७६, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । भक्तपुरको कौशलटारमा स्कुटरलाई ओभरटेक गर्ने क्रममा बाईक चालकको मृत्यु भएको छ । 


मध्यपुर ठिमी नगरपालिका कौशलटारमा कोटेश्वरबाट सूर्यबिनायकतर्फ आउँदै गरेको प्रदेश नम्वर ३–०२–००९ प ०३५९ नम्वरको स्कुटरलाई ओभरटेक गर्ने क्रममा बा ५८ प १६७७ नम्वरको मोटरसाइकलले ठक्कर दिएको थियो । 


सो क्रममा मोटरसाइकल उछिट्टिन पुग्दा बाईक चलाक गम्भीर घाईत भएका थिए । नाम, थर ठेगाना नखुलेका बाईक चलाकको नागरिक अस्पताल गठ्ठाघरमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 


स्कुटर चालक ठिमी बोडे बस्ने १८ वर्षीया ईशा ढेकेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex