काठमाडौं । भारतको विहार जलमग्न भएपछि भारतले कोशी ब्यारेजको ढोका बन्द गर्न दवाव दिएको छ ।
अबिलरल बर्षाको कारण पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । शनिवार दिउँसो २ बजेको मापन अनुसार दुई लाख ७४ हजार ६५ क्यूसेक पानीको बहाव रहेको कोसी ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले सञ्चारमाध्यमलाई बताएका छ ।
एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि कोशी ब्यारेजलाई खतरा मानिन्छ । अहिले ३६ ढोका खोलिएको छ । कोशी व्यारेजमा ५६ बटा ढोका रहेको छ ।
पानीको वहाव बढेपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीले जनकारी दिएका छन ।
प्रशासनले कोसी नदीका तटीय क्षेत्रका बासिन्दालाई सतर्क अवस्थामा रहन अपिल गरेको छ ।
Categorized in राष्ट्रिय