१६ चैत्र २०८०, शुक्रबार
Header

कोविड नियन्त्रणको लागि महानगरले सेनासँग सहकार्य गर्ने


प्रकाशित: बुधवार, २२ बैशाख २०७८, २०ः०० बजे
- अजय खड्गी

काठमाडौँ । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यसहित महानगरका अधिकारीहरुले नेपाली सेनाविच कोभिड रोकथामका उपायहरु बारे छलफल भएको छ । 


बुधवार नेपाली सेना उपत्यकाका पृतना हेडक्वाटर नारायणहिटीमा भएको छलफलमा उपत्यकामा बढिरहेको कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारे चर्चा गरिएको थियो । 


बैठकमा प्रमुख शाक्यले नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर अहिले भईरहेको क्षमतामा बृद्धि गर्न आफूहरुले चाहेको बताए । 


उनले भने,‘साना साना धेरै आइलोसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामाग्री र जनशक्ति पुर्‍याउन कठिन हुन्छ । यस्ता ठाउँमा विरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन । त्यहाँ कुनै कारण जोखिम सृजना भयो भने जिम्मेवारी लिने कोही हुँदैन ।’


कोविड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टीन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने ।

 
बैठकमा प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीहरु उपस्थित थिए । 


पृतनापति उपरथी आनन्द अधिकारीले अहिले अक्सिजनको अभाव छैन । तर, चाहेको ठाउँमा पु¥याउन कठिन हुन सक्छ । व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाकारण यस्तो अवस्था आएको भनाई राखे । 


छलफलमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नेपाली सेनासँग महानगरको सहकार्य, स्रोत परिचालन, अहिले नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनमा महानगरको सहयोग, वीरेन्द्र सैनिक अस्पताल र महाङ्काल स्थित अस्पतालमा कोविड वार्ड सञ्चालन गर्नेलगायत बिषयमा छलफल भएको थियो ।


बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।


त्यसैगरी प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ, वडा ३ का अध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोविड उपचार कक्ष बनाउने विषयमा निरीक्षणका लागि पुगेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD