११ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कोलम्बियामा विमान दुर्घट्ना, ६६ जनाको मृत्यु


प्रकाशित: मंगलवार, १० चैत २०८२, १०ः५६ बजे
- महानगरखबर

काठमाडौं ।  कोलम्बियामा वायुसेनाको एक सैन्य विमान दुर्घटनाग्रस्त हुँदा कम्तिमा ६६ जनाको ज्यान गएको छ । 


अधिकारीहरूका अनुसार दक्षिणी क्षेत्रमा उडान भरेको केही समयमै विमान दुर्घटनामा परेको हो । 


बीबीसी हिन्दीका अनुसार दुर्घटनामा दर्जनौं मानिस घाइते भएका छन । 


वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा ११४ जना सैनिक र ११ जना चालक दलका सदस्य सवार थिए । 


दुर्घटनाग्रस्त विमान अमेरिकामा निर्मित ऋ(ज्ञघण् ज्भचअगभिक हो, जसको प्रयोग नियमित रूपमा सैनिक ढुवानीका लागि गरिँदै आएको थियो ।


उक्त विमान पुटुमायो प्रान्तको प्युर्तो लेगुइजामो नजिकै दुर्घटनाग्रस्त भएको बताइएको छ ।


उद्धार टोलीहरू घटनास्थलमा पुगेर भग्नावशेषबाट जीवित व्यक्तिहरूको खोजी गरिरहेका छन । 


कोलम्बियाका रक्षामन्त्री पेद्रो साञ्चेजले यो दुर्घटना देशका लागि अत्यन्त दुःखद घटना भएको बताएका छन्। उनका अनुसार उडान भर्ने क्रममा विमानमा आगलागी भएपछि भित्र राखिएका गोला–बारूद विस्फोट भएको आशंका गरिएको छ ।


पेरूको सीमाना नजिकै भएको यो दुर्घटनाले सम्पूर्ण राष्ट्रलाई शोकमा डुबाएको अधिकारीहरूले बताएका छन ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex