११ भाद्र २०८३, बिहिबार
Header

कोरोना संक्रमित काठमाडौंकी युवती निको भएर घर फर्किइन


प्रकाशित: शनिवार, ६ बैशाख २०७७, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं घर भएकी दोस्रो कोरोना संक्रमित युवती निको भएर घर फर्किएकी छिन ।  


युवती शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको अस्पताल भर्ना भएकी थिईन । 


उनको शुक्रबार  र शनिवार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रवक्ता डा. अनुप बास्तोलाले बताए ।


काठमाडौं घर भएकी ती युवती चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex