६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोरोना संक्रमितिले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने


प्रकाशित: सोमवार, ३ कात्तिक २०७७, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना संक्रमितिले आफ्नै खर्चमा परीक्षण र उपचार गर्नुपर्ने भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालालयका प्रवक्ता डा. जागेश्वर गौतमले आईतवार नियमित कोरोना व्रिफिङमा उक्त जानकारी दिएको हो । 


मन्त्रालयका अनुसार सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । 


उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ ।


उनका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू हुनेछ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex