१६ चैत्र २०८०, शुक्रबार
Header

कोरोना संक्रमितको संख्या बढ्दो, उपत्यकमा ३१० जना थपिए


प्रकाशित: विहिवार, २२ पुस २०७८, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा केही दिनयता कोरोना संक्रमितको संख्या बढ्ने क्रम देखिएको छ ।


पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३१० जना थपिएको छ । काठमाडौंमा २२१, ललितपुरमा ५९ र भक्तपुरमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो ।


पुस १८ गते २१६ जना,पुस १९ मा ३२६, पुस २० मा ३९६ र पुस २१ गते ४३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ भने एक जनाको मृत्‍यु भएको छ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD