१५ बैशाख २०८१, शनिबार
Header

कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने


प्रकाशित: विहिवार, ४ मंसिर २०७७, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कारवाही गर्ने भएको छ । 


मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जारी गरेको सुचना अनुसार सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने भएको हो । 


मन्त्रालयले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको अवस्थामा पनि केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने सहप्रवक्ता अधिकारीले बताए ।


कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । 


उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD