काठमाडौं । सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना संक्रमण भएमात्र राज्यले जिम्माले बताएका छन ।
कोरोना संक्रमणको जोखिम भएका अन्य देशबाट उद्धार गरेर सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताउँदै सेल्फ (आफै) क्वारेन्टाइनमा बस्नु पर्ने बताएका छन ।
मंगलबार राष्ट्रिय युवा संघ नेपालले मन्त्री ढकाललाई ध्यानाकर्षण पत्र बुझाउने क्रममा मन्त्री ढकालले सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेकालाई जस्तो अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएको छ ।
मन्त्री ढकालले ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गरिने तथा परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो भने राज्यले अस्पतालमै राखेर उपचार गराउने जानकारी दिए ।
सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए ।
सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।
सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँछ ।
Categorized in राष्ट्रिय