१ भाद्र २०८३, सोमबार
Header

कोरोना रोकथामका लागि राष्ट्रिय युवा संघ नेपाल १५ वडाले स्वयंसेवक परिचालन गर्ने


प्रकाशित: विहिवार, १६ बैशाख २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि स्वयंसेवक परिचालन गर्ने भएका छन । 


संघले ‘आफू पनि बचौ अरुलाइ पनि बचाऔ’ भन्ने नाराका सहित १५ वडा बासिहरुका लागि खटिने बताईएको छ । 


राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी तथा नेवाः मुस्लिम समाज बीच सह–कार्य गरि आर्थिक स्थिति कम्जोर भएका १५ वडा बासिहरुलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।


स्वयंसेवक परिचालनको रुपमा नेकपा एमाले काठमाडौं क्षेत्र नं ८ का सचिव  उदय पसखल, नेकपा एमाले १५ वडा कमिटीका अध्यक्ष धावा रुम्बा, नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाही रहेका छन । 


त्यसैगरी उद्दब खड्गी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक, नेकपा एमाले महानगर सदस्य तथा नेवाः मुस्लिम समाजका अध्यक्ष निसार उद्दिन, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका उपाध्यक्ष नियाज उद्दिन स्वयंसेवकको लागि खटिने भएका छन । 


स्वयंसेवकका लािग राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका क.सचिव संजय शाही, राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सह–सचिव कपिल शाही खड्गी राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीका सदस्य अनिस महर्जन, दिलिप शाही सहभागी हुने भएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex