६ बैशाख २०८१, बिहिबार
Header

कोरोना भाईरस ‘विश्वव्यापी महामारी’ घोषित


प्रकाशित: विहिवार, २९ फागुन २०७६, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना (केभिड १९) लाई ले विश्वव्यापी महामारी घोषणा गरेको छ । 


डब्लुएचओले बुधवार पत्रकार सम्मेलन गरी उक्त घोषणा गर्दै भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह गरेको हो ।


संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रायसेजले पत्रकार सम्मेलनमा भाइरसको बढ्दो प्रभावलाई लिएर विश्व चिन्तित भएको भन्दै यसको रोकथामको लागि सबै देशले आक्रमक निर्णय लिन समेत आग्रह गरेका छन । 


विश्वभरका १०० भन्दा धेरै देशहरुमा फैलिइसकेको यो भाईरसका कारण अलिहे सम्म चार हजार जनाले ज्यान गुमाईसकेको अवस्था छ । 


विश्व स्वास्थ्य संगठनले यही आँकडालाई समेत आधार मान्दै विश्वव्यापी महामारीको घोषणा गरेको हो ।


उनले प्रत्येक सरकारले आफ्ना नागरिकहरुलाई भाइरसबाट सचेत गराउँदै त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी दिनको लागि अनुरोध गरेका छन ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD