१६ चैत्र २०८०, शुक्रबार
Header

कोरोना भाईरसको संक्रमणबारे चेतावनी दिने चिकित्सकको मृत्यु


प्रकाशित: शुक्रवार, २४ माघ २०७६, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोनाभाईरसको संक्रमणको महामारी फैलिने चेतावनी दिने चिकित्सक ३४ वर्षीय ली वेनलियान्गको मृत्यु भएको छ ।


कोरोनाभाईरसबाट संक्रमित उनको उपचारको क्रममा स्थानीय समय अनुसार शुक्रबार बिहान २ः४८ बजे मृत्यु भएको चिनियाँ अखबार पिपुल्स डेलीले जनाएको छ । 


चिकित्सक ली चीनको बुहानस्थित वुहान केन्द्रीय अस्पतालमा काम गर्ने क्रममा उनलाई कोरोनाभाईरसको संक्रमण भएको थियो । 


उनले गत डिसेम्बरमा आफ्ना साथी डाक्टरहरूलाई भाइरस संक्रमणको महामारीको चेतावनी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई झूटो विवरणहरू नदिन भनेको थियो । 


चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोनाभाइरसका कारण हालसम्म चीनमा ६३६ जनाको मृत्यु भइसकेको छ भने ३१ हजार एक सय ६१ जनामा यो संक्रमण भेटिएको छ ।


संक्रमणबाट बिहीबारमात्रै ७३ जना को मृत्यु भएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD