११ बैशाख २०८१, मंगलबार
Header

कोरोना भाइरसले चीनमा ९ जनाको मृत्यु


प्रकाशित: बुधवार, ८ माघ २०७६, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरसको संक्रममा चीनमा ९ जनाको मृत्यु भईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।


चीनमा मात्र उक्त भईरसको संक्रमणबाट चार सय ४० जना संक्रमित रहेको छ भने यो अव अमेरिकामा पनि देखा परेको छ । 


चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अमेरिकाको वासिङट्न राज्यमा उक्त भाइरसबाट संक्रमित एक जना अस्पताल भर्ना भएका छन ।


चीनको वुहान बसेर फर्किएका ती व्यक्तिीको सिटल सहरस्थित अस्पतालमा भर्ना भएका उनको अहिले उपचार जारी रहेको सेतोपाटीमा प्रकाशित समामारमा उल्लेख छ । 


अहिले कोरोना भाइरस थाइल्यान्ड जापान र कोरियासम्म फैलिइसकेको छ ।  


चीनको वुहानबाट ३ साता अघि नेपाल फर्केका एक नेपाली नागरिकमा कोरोना भाइरस संक्रमण भएको शंका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले गरेको छ । 


वुहानमा अध्ययन गर्ने उनी नेपाल आउँदा श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल गएका थिए ।


बिरामीबाट लिइएको भाइरसको नमूना जाँचेर चिनियाँ अधिकारी र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस भनेर पहिचान गरेका हुन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD