२० बैशाख २०८१, बिहिबार
Header

कोरोना बढेसँगै मास्क लगाउन विज्ञहरुको सुझाव


प्रकाशित: शुक्रवार, ३१ असार २०७९, १५ः०० बजे
- महानगरखवर

काठमाडौं । केही सातायता कोरोना संक्रमितहरुो संख्या बढेपछि अनिवार्य मास्क लगाउन विज्ञहरुले सुझाव दिएका छन ।


स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार दुई साता यता ४३ हजार ४३९ जनाको परीक्षण गरिएकोमा १६५५ जनामा संक्रमण पुष्टि भएको छ । 


यो भनेको कोरोना ३ गणा बढेको प्रतिशतमा ३.८ प्रतिशत सक्रमण बृद्धि दर हो । 


विज्ञहरुको अनुसार कोरोना बढ्नुमा ओमिक्रोन भेरियन्टको नयाँ उपप्रजाति रहेको हो । यो उपप्रजातिलाई ुबिए फाइभु नाम दिइएको छ । 


विहिवार २६० जनामा संक्रमण देखिएको थियो । संक्रमितहरुको संख्या बढ्ने विज्ञहरुको भनाई छ । अनिवार्य मास्क लगाउने, स्वस्थ्य मापदण्ड पालना  गर्ने र भौतिक दुरी कायम राख्नु पर्ने उनीहरुले बताएका छन । 


मानिसहरुले अझै पनि बुस्टर डोज नलगाएकोले संक्रमणको जोखिम बढ्ने संभवाना देखिएको विज्ञको भनाई छ । स्वास्थय मन्त्रालयको तथ्यांक अनुसार असार २९ गतेसम्म जम्मा ६७ लाख ५४ हजार जनाले बुस्टर डोज लगाएका छन । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD