काठमाडौं । कोभिड –१९ पोजेटिभ भई होम आइसोलेशनमा बसेका व्यक्तिलाई तारकेश्वर नगरपालिकाले पाँच हजार दिने भएको छ ।
संक्रमित व्यक्तिलाई पोषणभत्तास्वरुप उक्त रकम दिइन नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका सूचना अधिकृत होमनाथ न्यौपानेका अनुसार बिरामीलाई प्रत्येक वडा कार्यालयबाट स्वास्थ्य शाखामा समन्वय गराई प्राप्त विवरणका आधारमा रकम वितरण गर्ने व्यवस्था गरिएको छ ।
हाल नगरपालिकामा कोरोना सङ्क्रमित दुई हजार ८६ रहेकामा ८६६ महिला र एक हजार २२० पुरुष छन । निको हुनेको सङ्ख्या एक हजार ८२९ छ । कोरोनाबाट अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने सक्रिय सङ्क्रमित २५० जना पुगेका छन ।
Categorized in स्थानिय