९ भाद्र २०८३, मंगलबार
Header

कोरोना जोखिमः होली घरमै मनाउन स्वास्थ्य मन्त्रालयको अपिल


प्रकाशित: बुधवार, ११ चैत्र २०७७, १८ः२५ बजे
- महानगरखवर

काठमाडौं । कोरोनाको जोखिम बढेसँगै सरकारले भीडभाड, हुलमुल हुने कार्यक्रम रोक लगाएको छ । 


बुधवार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।


मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’


होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । 


३९६३ परीक्षण गरिएकोमा बुधवार देशभर १४५ जना कोरोना संक्रमित पुष्टि भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex