१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोरोना खोपको प्राथमिकतमा उमेर समूह फेरिए


प्रकाशित: शुक्रवार, २१ फागुन २०७७, १२ः०५ बजे
- महानगरखवर

काठमाडौं । सरकारले कोभिडविरुद्धको खोपको दोस्रो चरणको अभियानमा पहिलो प्राथमिकतामा ६५ वर्ष माथिकालाई राखेको छ ।


आगामी २३ फागुनदेखि शुरु गर्न लागेको कोरोना खोपको पहिलो प्राथमिकता यस अघि ५५ वर्ष माथिकालाई दिइने निर्णय गरेका थिए । 


सरकारलाई सो उमेर समूहलाई परिवर्तन गरेर ६५ बर्ष माथिको समूहलाई राखेको हो ।  

 


स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहका अनुसार २० लाख डोज खोप दुईसाता भित्र ल्याईन भनिएपनि १० लाख मात्र आएको र दोश्रो खेप आउन ढिला भएको उमेर समूह परिवर्तन गरिएको हो । 


अब आउँदो आइतबारसम्म खोप भारतबाट आउने आश्वसन पाएकोले सिंहले बताएका छन ।  हिमाली जिल्ला र हिमाली भेगमा भने २३ फागुनदेखि नै ५५ वर्ष माथिकालाई खोप दिने सरकारका अधिकारीहरुले निर्णय गरेका छन । 


त्यसैगरी शिक्षक, प्राध्यापक तथा सवारी चालकहरुलाई पनि ६५ वर्ष माथिको उमेर समूहले खोप पाइसकेपछि मात्रै दिने योजना बनाइएको बताए ।


यता काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका लगायातका नगरहरुले ५५ उमेर समूहका माथिहरुलाई खोप लगाउने भनेर तायरी गरेको अवस्था छ । 


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex