काठमाडौ । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सोमबार रक्तदान सम्पन्न गरेको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार हर्कराज जोशील कोरोना अवधिमा यस पटकको रक्तदान ५ औं पटक भएको जानकारी दिएको छ ।
सोमबार ४५ जनाले रक्तदान गरेको प्रहरी हवल्दर जोशीले जानकारी दिए । सिंहदरबार प्रहरी बृतको सह–आयोजनामा आयोजित उक्त रक्तदानलाइ टेसा पर्केटिङ प्रा।लि।ले प्रयायोजित गरेको थियो ।
सामुदायिक सेवा केन्द्रका सदस्य लोकेन्द्र खड्गीको संयोजकमा आयोजित सो रक्तदानमा प्रहरी हवल्दार जोशी, सेवा केन्द्रका सदस्यहरुले पनि रक्तदान गरेका थिए ।
रक्तदान बागबजारको भक्तपुर बसपार्कमा सम्पन्न भएको थियो ।

Categorized in स्थानिय