११ भाद्र २०८३, बिहिबार
Header

कोरोना अघि सञ्चालन भएको सबै नाका खोलिनेः प्रधानमन्त्री दाहाल


प्रकाशित: शनिवार, १३ भाद्र २०८०, १४ः२० बजे
- महानगरखबर

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्केका छन । 


शनिवार विहान नेपाल फर्के लगत्तै प्रधानमन्त्री दाहालले कोरोना महामारी सुरू हुनुभन्दा अगाडि सञ्चालनमा रहेका नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको बताएका छन । 


प्रम दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार समक्ष परम्परागत ढंगले उत्तरी सीमा क्षेत्रमा स्थानीयरूपमा प्रयोग गरेका नाका प्राविधिक र आवश्यक तयारी पूरा गरेर सञ्चालनमा ल्याउन दुई देशबीच सहमति भएको बताए ।


चीनले केही नाकाहरु अनुुदानमा बनाई दिने समेत प्रविद्धता गरको उनले उल्लेख गरे । 


उनले चीनको छन्दुबाट सहजै द्विपक्षीय उडान हुने बताए । चीनका अन्य सहरबाट पनि आवश्यक प्रक्रिया पूरा गरेर हवाई उडानलाई नियमित गर्नेबारेमा छलफल भएको प्रधानमन्त्री दाहालको भनाइ छ । 


यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनबारेमा पनि महत्वपूर्ण छलफल भएको उनले बताए ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex