१६ चैत्र २०८०, शुक्रबार
Header

कोरोनामुक्त युवक रिपोर्ट शंकास्पद देखियो, पुनः अस्पताल भर्ना 


प्रकाशित: आईतवार, २१ बैशाख २०७७, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । रौतहटका ईशनाथ नगरपालिकाका १९ वर्षीय युवक कोरोनामुक्त भई घर फर्केका उनमा फेरि स्वास्थ्य समस्या देखिएको छ । 


शनिवार स्वास्थयमा समस्या देखिएपछि ती युवक उपचारको लागि पुनः वीरगञ्जस्थित नारायणी अस्पताल भर्ना भएका छन । 


एक साता अघि ती युवकसँगै अन्य ४ जना पनि डिस्चार्ज भएका थिए । ती युवकमा वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएकोमा उपचारपछि  वैशाख १४ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । 


बुधबार अस्पतालबाट गएको टोलीले ती युवकको स्वास्थ्य जाँच गर्नुको साथै रगत र थ्रोट स्वाबको नमुना संकलन गरेर ल्याएको थियो । त्यसको रिपोर्ट शंकास्पद देखिएको स्रोतले जनाएको छ ।


ती युवकलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD