५ बैशाख २०८१, बुधबार
Header

कोरोनाबाट भारतमा २३९ को मृत्यु


प्रकाशित: शनिवार, २९ चैत्र २०७६, १३ः बजे
- महानगरखबर

काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) बाट मृत्यु हुने भारतमा अहिलेसम्म दुई सय ३९ पुगेको छ । 


भारतको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितको संख्या पनि सात हजार चार सय ४७ पुगेको छ भने महाराष्ट्रमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । 


महाराष्ट्रमा अहिलेसम्म एक सय १० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी मध्यप्रदेशमा ३३, गुजरातमा १९ र दिल्लीमा १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 


महाराष्ट्रमा एक हजार पाँच सय ७४ संक्रमित देखिएका छने भने तामिलनाडुमा नौ सय ११ र दिल्लीमा संक्रमितको संख्या नौ सय तीन पुगेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD