८ बैशाख २०८१, शनिबार
Header

कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्न पत्राचार


प्रकाशित: विहिवार, २७ कात्तिक २०७७, २०ः०० बजे  
- महानगरखवर

काठमाडौं । सरकारले कोरोनाको निःशुल्क परिक्षण र उपचार गर्न पत्राचारसरकारी प्रयोगशाला तथा सरकारी अस्पतालहरूलाई पत्राचार गरेको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको आइसिएस बैठकको निर्णय अनुसार लक्षण देखिएकाहरूको कोरोना परीक्षण र उपचार निस्शुल्क गराउन सरकारी अस्पताल तथा प्रयोगशालालाई पत्राचार गरेको हो । 


यदी त्यस्ता व्यक्तिले बीमा गराएको भए सबै खर्च सोही रकमबाट व्यहोर्नुपर्ने मन्त्रालयले जनाएको छ भने बीमा नगरेको खण्डमा भने सरकारले निस्शुल्क परीक्षण र उपचार गर्नेछ । 


यसअघि गत कात्तिक २४ गते मन्त्रिपरिषद् बैठकले लक्षण देखिएका कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD