१२ श्रावण २०८१, शनिबार
Header

कोरोनाको नयाँ सव भेरियन्ट केपी १ र २ पुष्टि


प्रकाशित: शुक्रवार, ११ जेठ २०८१, १३ः५० बजे
- महानगरखवर

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ सवभेरियन्ट पुष्टि भएको छ।


पछिल्लो २ महिनायता देशभर गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।


प्रयोगशालाका अनुसार ४२ पोजेटिभ नमूनाको जिन सिक्वेन्सिङ गर्दा १२ जनालाई ओमिक्रोन भेरियन्टको सबभेरियन्ट केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको हो । 


यसैगरि एक÷एक जनामा केपी.३ र केपी.४ भेरियन्ट देखिएको छ। 


यसअघि पनि ओमिक्रोन भेरियन्टको जेएन. १ लगायत सबभेरियन्ट पुष्टि भएको थियो । 


केपी भेरियन्ट भने सिंगापुरलगायत केहि देशहरूमा देखिएको प्रयोगशालाले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


matribhasa patrakarita
nepal bhasa AD
chunikhel ad
maharjan complex