काठमाडौं । विश्वभरी फैलिएको कोरोना आतंकको असर नेपालमा पनि देखिन थालेको छ ।
आज (सोमबार) होलीको उत्सव खल्लो हुन पुगेको छ । काठमाडौंको बसन्तपुर होलीको दिन विशेष हुने गर्दछ तर आज होलीको रौनक भने देखिएन ।
बसन्तपुरमा यो बर्ष कन्र्सट स्थगीत गरिएको छ । युवाहरुको भीडभाड, रमाईलो नाँचगान गर्दै मनाईने होली सामन्य बन्न पुगेको छ ।
कोरोनको त्रासको कारण कन्र्सट, मेला, उत्सव नगर्न सरकारले आग्रह गरेको छ ।




सबै तस्वीरहरुः सामाजिक सञ्जालबाट
Categorized in समाज