७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

कोरोनाको त्रासमा नपर्न महानगरवासीलाई प्रमुख शाक्यको आग्रह


प्रकाशित: शनिवार, २४ फागुन २०७६, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले कोरोना (कोभिड–१९) को त्रासमा नपर्न महानगरवासीलाई आग्रह गरेका छन ।


शुक्रवार महानगरको स्वास्थय विभागद्धारा आयोजित कोरोना र डेंगे रोगको महामारी सम्वन्धि भएको जननेतना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख शाक्यले महानगरको सबै वडामा सेचतनामूलक कार्यक्रम संचलान गर्न निर्देशन दिए । 


प्रमुख शाक्यले कोरोनाको सन्त्रास विश्वभरी फैलिरहेका बेला नेपालमा पनि त्यसको डर बढ्ुन स्वभाविक भए पनि समाजमा भएको चर्चा जस्तो संवेदनशील अबस्था नभएको बताए । 


कोरोनाको त्रास देखाएर बजारमा कालोबजारी बढ्ने खतरा पनि उत्तिकै रहेकोले महानगरवासीलाई सतर्क र सजग रहन प्रमुख शाक्यले आग्रह समेत गरे । 


सो अवसरमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सतर्कता अपनाउनु पर्ने सुझाव दिएका थिए ।  


इपिडियोमोेलोजि तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेकाअनुसार अहिलेसम्म गरिएको ५ सय जनाको ¥याल परीक्षण गरिएको जानकारी दिँदै बृद्धबृद्धा रोग प्रतिरोधात्मक क्षमता कम भएका र गर्भवती महिला बढी खतरामा हुने देखिएको छ । 


त्यस्तै महाशाखा अर्का डा. प्रकाश शाहले गर्मी मौसम आउँदै गरेकोले डेंगेको महामारीबाट बच्नेतर्फ ख्याल गर्न आग्रह गरे ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex