२ भाद्र २०८३, मंगलबार
Header

कोरोनाको जोखिमले ‘टोखा महोत्सव’ स्थगित


प्रकाशित: आईतबार, १८ फागुन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपालमा पनि कोरोना भाईरसको उच्च जोखिम रहेकोले ‘दोस्रो टोखा महोत्सव–२०७६’ स्थगित गरिएको छ । 


टोखा नगरपालिकाले एक सुचना जारी महोत्सव स्थगित गरेको जनाएको छ । 


नगरप्रमुख प्रकाश अधिकारीले वश्व स्वास्थ्य संठनले जारी गरेको सूचनाअनुसार भारतलगायत नेपालमा पनि उच्च जोखिम रहेकाले हालका लागि महोत्सव स्थगित गरेको जारी सुचना उल्लेख छ । 


यही फागुन २३ देखि २५ गतेसम्म महोत्सवको घोषणा गरी प्रचार प्रसार गरिएको थियो । नेवाःगुठी टोखाको व्यवस्थापनमा हुन लागेको उक्त महोत्सवको लागि चालू आर्थिक वर्षमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex