१३ बैशाख २०८१, बिहिबार
Header

कोरोनाको जोखिमको कारण उपत्यकाकै लामो झोलुङ्गे पुल बन्द


प्रकाशित: शुक्रवार, २८ चैत्र २०७६, २०ः०० बजे । 
- महानगरखबर

काठमाडौं । कोरोनाको जोखिमको कारण साँगाको मुसि गणेश खोंच (सूर्यमोड) वाट विश्वकै अग्लो कैलाशनाथ महादेवस्थान र लटरम्मेश्वर महादेवलाई जोड्ने झोलुङ्गे पुलमा शुक्रबारबाट आवागमन निषेध गरिएको छ ।


लकडाउनको समयमा एकाएक उक्त पुलमा सयौंको संख्यामा युवायुवतीहरु घुम्न आउने क्रम बढेपछि उक्त पुल बन्द गरिएको हो । 


वडा कार्यालयका अनुसार सम्भावित कोरोनाको भाइरसको जोखिमलाई विचार गर्दै उक्त झोलुङ्गे पुलबाट लकडाउन अवधिभरका लागि आवागमन बन्द गर्ने निर्णय गरेको हो । 


सूर्यविनायक नगरपालिकाको वडा नं ९ र १० को संगममा पर्ने उक्त झोलुङ्गे पुलको बैशाख १ गते उद्धाटन गर्ने पूर्व निर्धारित कार्यक्रम तय भएपनि लकडाउनका कारण स्थगित गरिएको छ । पुलको श्रावण २१ गते शिलान्यास भएको थियो । 


डोलिडारको करिब एक करोड रुपैंयाँको लागतमा निर्माण सम्पन्न यो पुल २२५ मिटर लामो छ । यो काठमाडौं उपत्यकाकै लामो झोलुङ्गे पुल पनि हो । 


यस क्षेत्रबाट सिङ्गो उपत्यका तथा करीब २२ वटा हिमाल हेर्न सकिन्छ । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD