काठमाडौं । भारतमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्तक रहन आग्रह गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ती जारी गरी भीडभाड, भेला, सम्मेलन, सभा जुलुस, सेमिनार बैठक, भीडभाड हुने व्यवसायलगायत नगर्न भनेको छ ।
मन्त्रालयले नेपालमा पनि कोरोनाको जोखिम बढ्ने उत्तिकै संभावना भएकोले स्वास्थ्य मापदण्डहरु कडाई साथ पालना गर्न जारी विज्ञप्तीमा भनिएको छ ।
पछिल्लो समय विश्वभरीनै कोरोनाको संक्रण बढेपछि फ्रान्स, इटाली लगयातका देशमा लकडाउन समेत भईसकेको छ ।
Categorized in स्वास्थ्य