काठमाडौं । नेपालमा कोरोना (कोभिड–१९) को छैँठौँ संक्रमित भेटिएको पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले बिहिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन ।
चैत्र ४ गते कतारको दोहाबाट काठमाडौँ आएका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छन ।
संक्रमण पुष्टि भएका यी व्यक्ति पनि यसअघि संक्रमण पुष्टि भएका २ जना आएकै कतार एयरवेजको क्यूआर ६५२ नम्बरको विमानमार्फत काठमाडौँ आएका थिए ।
यस अघि ५ जनामा कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ ।
Categorized in राष्ट्रिय