१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कोभिशिल्ड पहिलो डोज लगाएकालाई भोलिबाट एस्ट्राजेने दोस्रो डोजको रुपमा लगाइने


प्रकाशित: आइतवार, २४ साउन, २०७८, २०ः०० बजे
- महानगरखवर

काठमाडौ । कोभिशिल्ड पहिलो डोज लगाएकालाई भोलिबाट एस्ट्राजेने दोस्रो डोजको रुपमा लगाइने भएको छ ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो । 


यी खोप लगाउन काठमाडौं महानगरपालिकामा १७ वटा खोप केन्द्र तोकिएको छ । 


यस्तै, कीर्तिपुर नगरपालिकामा १०, चन्द्रागिरी नगरपालिकामा १५, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९, बूढानीलकण्ठ नगरपालिकामा १३, टोखा नगरपालिकामा ११, गोकर्णेश्वर नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा खोप केन्द्र तोकिएको छ । 


महानगरपालिकाको हकमा राधास्वामी आइसोेलेसन सेन्टर, बालाजु, सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पतालमा पनि खोप लगाउन सकिने कार्यालयले जनाएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex