७ बैशाख २०८१, शुक्रबार
Header

कोभिड पूर्ण रोकथामका लागि निरन्तर प्रयास आवश्यकः हरिप्रभा खड्गी 


प्रकाशित: मंगलवार, १ असार २०७८, १२ः२० बजे
- महानगरखवर

काठमाडौँ । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीले कोभिड पूर्ण रोकथामको लागि निरन्तर प्रयास अवाश्यक भएको बताएकी छिन ।


उप्रमुख खड्गीले सोमवार कामपा वडा ६ को जनकल्याण माध्यमिक विद्यालय र वडा ९ को शारदा उच्च माध्यमिक विध्यालयका आइसोलेसन निरीक्षणका क्रममा सो कारा बताएकी हुन । 


उनले महामारीको असर कहिले कम र कहिले धेरै देखिने गरेको परिस्थिति उल्लेख गर्दै काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यसको पूर्ण रोकथाम भएको निश्चित नभएसम्म काम गरिरहनु पर्नेमा जोड दिईन । 


काठमाडौँ महानगरले सरकारी र सामुदायिक अस्पतालहरुलाई कोविड विरुद्ध उपचारमा क्षमता बढाउन सहयोग गरेका उल्लखे गर्दै उनले भननि,‘अहिलेको सिकाइ, क्षमता र अनुभवलाई आउँदा दिनका संकट व्यवस्थापनमा लगाउनु पर्छ ।’


वडा ६ का अध्यक्ष दिपेन्द्र लामाले सामुदायिक आइसोलेसन सेन्टरहरु स्थानीयहरुलाई महामारीको अप्ठ््यारोमा सहयोग गर्ने ठाउँ भएकाले यसको निर्धक्क उपयोग आग्रह गरेकाछन । 


सो अवसरमा महिला एकता समाजकी अध्यक्ष  अध्यक्ष विमला तामाङले शारदा मा. वि. को आइसोलेसनका लागि करीब ५ लाख रुपैयाँ र जनप्रभाव मा. वि. को आइसोलेसनका लागि करीव ३ लाख रुपैयाँ बराबरका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिन ।
यो सेन्टरमा अहिले पुरुषका लागि १० वटा र महिलाका लागि १० वटा वेड राखिएका छन् । आवश्यकता आधारमा यसलाई ४० वेडसम्म बनाउने योजना छ । 


वडा ६ ले सञ्चालन गरेको यो सेन्टर सञ्चालनका लागि जनकल्याण मा. वि., दि आर्ट अफ नेपाल, ह्योल्मो मिडिया ग्रुप तथा हिल नेपाल, युथ एण्ड सोसाइटी समूह, सरस्वती नगर सुधार संघ, पानीपोखरी युवा क्लव, टुसाल युवा क्लव, शान्तिनगर उपभोक्ता समिति, भुवाल डाँडा युवा क्लवको साझेदारिता छ ।  


वडा ९ को आइसोलेसन सेन्टरमा १८ वटा अक्सिजन सिलिन्डर, ५ वटा अक्सिजन कन्सन्ट्रेटर, २ जना डाक्टर र ३ जना नर्ससहित ३५ वेडमा सञ्चालन भइरहेको छ । 


अहिलेसम्म यस सेन्टरबाट २५ जना पुरुष र ३ जना महिलाले सेवा लिईसकेका छन । यो सेन्टर महानगरको प्राविधिक सहयोगमा स्थानीय विभिन्न संघ संस्थाले सञ्चालन गरेका हुन् । यसरी साझेदारिता गर्ने संघ संस्थाहरुमा माट्रिका आइ सेन्टर, मिरमिरे युवा समाज, सिनामंगल युथ एलायन्स, कृती फाउन्डेसन, विजय चोक युवा क्लव, श्रीपञ्चकुमारी समाज, नव न्यानो फाउन्डेसन रहेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD