१५ बैशाख २०८१, शनिबार
Header

कोभिड उपचारमा मनपरी शुल्क लिने नीजि अस्पताललाई कारवाही गरिनेः स्वास्थ्य मन्त्रालय


प्रकाशित: बुधवार, २२ बैशाख २०७८, १८ः४० बजे
- अजय खड्गी

काठमाडौं । कोभिड उपचारमा मनपरी शुल्क लिने निजी अस्पतालहरुलाई कारवाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


आईतवार मन्त्रालयले एक विज्ञप्ती जारी गरी विभिन्न निजी अस्पतालहरुले मनपुरी शुल्क लिने गरेको जनगुनासोहरु आएकोमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको बताएको छ । 


‘महामारीको यो संकटमा हामीले एकले अर्कालाई सेवाभावले सहयोग गर्नुपर्ने समयमा अनावश्यक दुःख दिने, समस्या बढाउने कार्य प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको छ । यस किसिमले अनावश्यक शुल्क लिने लगायत गैह्र कानुनी गतिविधि गर्ने जुनसुकै व्यक्ति वा संस्था उपर यस्ता गतिविधि नगर्नु नगराउनु हुन सचेत गराईन्छ ।’ जारी विज्ञप्तीमा उल्लेख छ । 


साथै यस किसिमको गतिविधिहरु गरिएको पाइए स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा स्थानीय प्रशासनसहरुमा जानकारी गराई दिन हुन सर्वसाधरण सभैमा अनुरोध समेत गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD